महामारीले क्षति पुर्‍याएको आर्थिक क्षेत्रलाई सहुलियत दिने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

टोकियो । जापानी प्रधानमन्त्री फुमिओ किसीदाले जापानको आर्थिक विकासमा आफूले गति दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जापानमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको आर्थिक मन्दीको अवस्थामा आफूले परिवर्तन ल्याउने बताए । उनले जापानमा आम निर्वाचनको अभियानको सुरुवात गर्दै सो कुरा बताएका हुन् ।

उनले भने– जापानमा महामारीका कारण आर्थिक अवस्थामा असर पारेको छ र त्यसको पूर्तिका लागि मैले आर्थिक प्याकेजहरू ल्याउने प्रण गर्दछु । आफूले यस अन्तर्गत अरबौँ रुपैयाँको यस्तो आर्थिक प्याकेज ल्याउने र महामारीका कारण प्रभावित भएका यहाँका कम्पनीहरूलाई सहयोग गर्ने पनि उनले बताए ।

जापानमा पनि पछिल्लो समयमा कोरोना भाइरसको प्रभाव बढी मात्रामा देखिएको छ र यसबाट नागरिकहरू प्रभावित भएका छन् । साथै यहाँका कम्पनीहरूमा भाइरसको प्रकोपले आर्थिक क्षति गराएको बताइएको छ । ती कम्पनीहरूले सरकारसँग आर्थिक सहायताको माग गरिरहेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *