दसैँमा पाँच दिन मात्रै विद्यालय बिदा

रामेछाप  । जिल्लाकाे रामेछाप नगरपालिकाका विद्यालय दसैँमा पाँच दिन मात्रै बन्द हुने भएका छन् ।  नगरपालिकाले सूचना जारी गरेर कोरोनाका कारण विद्यालय बन्द गर्नु परेको र हाल अवस्था सामान्य बन्दै गएकाले लामो बिदा नदिन विद्यालयलाई निर्देशन दिएको हो ।

फूलपाती असोज २६ गते देखि दसैँको भोलिपल्टबाटै विद्यालय सञ्चालन गर्न समेत निर्देशन दिएको हो । असोज ३० गते शनिबार भएकाले ३१ गते आइतबारबाट नियमित पठनपाठन सुचारु हुनेछ ।  यद्यपि मन्थली नगरपालिकाले भने दसैँ एक हप्ता बिदा दिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *