पाकिस्तानका आणविक वैज्ञानिक खानको निधन 

काठमाडौँ । पाकिस्तानका आणविक वैज्ञानिक डा अब्दुल कादीर खानको निधन भएको छ ।  फोक्सोको समस्याबाट पीडित खानको  ८५ वर्षको उमेरमा आइतबार उपचारका क्रममा निधन भएको पीटिभिले जनाएको छ । वैज्ञानिक खानको आजै दाहसंस्कार गरिने बताइएको छ ।

पाकिस्तानमा उनलाई राष्ट्रिय हिरोको सम्मान प्रदान गरिएको थियो । पाकिस्तानलाई विश्वको पहिलो इस्लामिक देशका रूपमा स्थापित गर्नका लागि  श्रेय खानलाई दिइन्छ ।

उनको जन्म सन् १९३६ मा भारतको भोपालमा जन्मिएका खान सन् १९४७ मा भारत विभाजन भएपछि परिवारसहित पाकिस्तान गएका थिए ।  सन् १९९८ मा भारतले आणविक परीक्षण गरे लगत्तै पाकिस्तानले पनि आणविक परीक्षण गरेको थियो । त्यस परीक्षणका लागि खानले वर्षौँदेखि मेहनत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *