नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको आराधना

काठमाडाैँ । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । घटस्थापनासँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

हिन्दु धर्मावलम्बीहरूले वैदिक विधिमार्फत यस दिन कुष्माण्डा देवीको पूजा आराधना गर्छन् । घटस्थापनाका दिनदेखि सुरु भएको नवरात्रको चौथो दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै हो । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिञ्चित गरिन्छ ।

चौथो दिन कुष्माण्डा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्च पल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ। हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।

दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैसैँ पर्व मनाउने चलन छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *