पशुपति क्षेत्रमा फोहोर : मन्दिर फोहोर पारेर कस्तो पुण्य कमाउने ?

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत तथा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतीनाथ मन्दिर परिसरमा फोहोर थुप्रिएको छ। फोहोर र जथाभावी प्लाष्टिकजन्य वस्तुको प्रयोगले मन्दिर परिसर फोहोर र दुर्गन्धित भएको देख्न सकिन्छ । धूपका बट्टादेखि अन्य प्लाष्टिकजन्य फोहोरहरु जताजतै फालिएको देख्न सकिन्छ ।

सबैभन्दा लाजमर्दो कुरा त फोहोर नगरौँ भनेर टाँसिएको सूचना भएकै ठाउँमा फोहोर थुपारिएको छ । सूचनामा फोहोर फालिए कानून बमोजिम कारबाही गर्ने लेखिएको छ तर फोहोर फालेकोमा कसैलाई कारबाही भने भएको छैन । पशुपती परिसर भरी छरिएका फोहोरले त्यो कुनै फोहोर फाल्नकै लागि खाली छोडिएको ठाउँ जस्तै देखिन्छ ।

अर्कोतर्फ मन्दिरमा पूजा गर्न वा घुम्न जानेहरुले सरसफाई सम्बन्धि अनुशासनलाई पालना नगरेको प्रष्टै देखिन्छ । अर्कातिर मन्दिर परिसरिमै अझ फोहोर नफ्याँकौँ भन्ने सूचनाकै मुन्तिर फालिएको फोहोरले पशुपतिनाथ क्षेत्र विकास कोषलाई गिज्याइरहेको आभाष हुन्छ ।

भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *