मलेसियामा बेरोजगारी दर घट्यो

मलेसिया । मलेसियामा गत अगस्ट महिनामा बेरोजगारी दर घटेको छ । गत जुलाईमा बेरोजगारी दर ४.८ प्रतिशत रहेकोमा अहिले अगस्टमा घटेर ४.६ प्रतिशत पुगेको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समयमा आर्थिक गतिविधि बढ्न थालेकाले बेरोजगारी दर घटेको हो ।

‘कोरोनाभाइरसको महामारीका कारण न्युन हुदै गएको आर्थिक गतिविधि पछिल्लो समय बढ्दै गएको छ, त्यसैले बेरोजगारी दर घटेको हो,’ एक अधिकारीले भने । मलेसियामा खोप लगाउन योग्य मध्ये झण्डै ८८ प्रतिशतले खोप लगाएकाले पनि महामारी कम हुदै गएको र आर्थिक गतिविधि बढी हुदै गएको हो ।

“महामारी न्युनिकरण भएको सकारात्मक अवस्थाले अर्थतन्त्रमा पनि सकारात्मक नतिजा दिएको हो,” एक अधिकारीको भनाई छ । -सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *