६१० एम्पुल लागुऔषधसहित एक जना पक्राउ

पोखरा । ठूलो मात्रामा लागू औषधसहित १ जना पक्राउ परेका छन् । शिशुवा र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले पोखरा- ३० पावरहाउसबाट रुपन्देहीका ३७ वर्षीय हरिहर लोधलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उनी चढेको गाडीबाट लागुऔषध बरामद भएपछि उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जनाए ।

डाईजापाम १५८ एम्पुल, नुर्फिन १५८ एम्पुल, फेनार्गन १५९ एम्पुल गरी जम्मा ४७५ एम्पुल र नाईट्रोभ्याट ट्याब्लेट १३५ चक्की बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

उनलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाईएको कास्की प्रहरी प्रबक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *