पाकिस्तानमा भूकम्पबाट एक सयभन्दा बढी घाइते

बलुचिस्तान । पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तानमा बिहीबार बिहानै गएको भूकम्पमा परी एक सयभन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चार माध्यमहरूले शुक्रबार जानकारी दिएका छन् । यद्यपी केही समाचार संस्थाले यहाँ कम्तीमा पनि १५० जना घाइते भएका जनाएका छन् ।

बिहीबार बिहानै ५.९ रिक्टर स्केलको भूकम्प गएको र यसमा परी कम्तीमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिए। भूकम्पमा परेका मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन्

घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । उनीहरूका अनुसार घाइते भएकामध्ये कतिपयको अवस्था गम्भीर भएको र अस्पतालमा उपचार भइरहेको छ । बलुचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाहले सो प्रान्तका प्रभावित क्षेत्रमा आपत्कालीन सेवा शुरू गरिएको जनाउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *