सिमानामा फेरि लुटिन थाले नेपाली

नेपालगन्ज । भारतका विभिन्न सहरबाट मजदुरी गरेर दशैँलगायतका चाडपर्व मनाउन स्वदेश फकिरहेका नेपाली फेरि सीमाक्षेत्रमा ठगिन र लुटिन थालेका छन्।  दशैँ मनाउन भारतबाट पर फर्किरहेका नेपालीलाई सीमापारि भारतको रुपैडिया बसपार्कदेखि नै रिक्सा चालक, भारतीय र नेपाली सुरक्षाकर्मी तथा होटेल र गाडीका दलालले ठग्ने र लुट्ने काम खुला रूपमै गरिरहेका छन्।

सिमला, हरिद्वार, दिल्ली, पन्जाबका सहर, अहमदाबाद तथा जयपुरलगायतबाट पैसा कमाएर दशैँ मनाउन फर्किने नेपालीलाई ठग्ने र लुट्ने काम भइरहे पनि भारतीय र नेपाली दुवै देशका सुरक्षाकर्मीमा कुनै चासो देखिदैन ।

भारतस्थित हिमाञ्चल प्रदेशको सिमलाबाट काम गरेर फर्किएका बसेला सुर्खेतका एक युवक र उनीसँगै रहेका १० जनालाई सीमापारि ठगेका छन् ।  युवककोे टोली रुपैडिया बसपार्कमा ओर्लने बित्तिकै रिक्सा चालकले नेपालगन्ज पुर्‍याउने भनी प्रतिव्यक्ति पाँच सय रुपैयाँ लिएको उनले बताए ।  उनले होटलको दलाले पनि हैरान पारेको गुनासो गरे ।

यस्तै, रुपैडियाको जमुनाहसम्म पुर्‍याउने भनी जनही तीन सय रुपैयाँ रिक्सा चालकले असुल गरेको  अर्का दैलेखका एक युवाले बताए। उनले जेनतेन गरेर स्वदेश छिरेपछि यहाँ जेनतेन गरेर स्वदेश छिरेपछि यहाँ पनि प्रहरीदेखि रिक्सा चालक र होटलमा पुर्‍याउन नाममा ठाउँ ठाउँमा ठग्ने र लुट्ने गरेको बताए ।

सीमामा नेपाली ठगिएको गुनासो आएपछि प्रहरीले अनुगमन गरेको जनाएको छ ।  जसमा खुलेआम घुस लिइरहेका त्यहाँका १५ प्रहरीलेलाई जिल्ला तानेर कारबाही गरेको पनि बाँके प्रहरीले जनाएको छ । यस्तै रकम असुलीमा संलग्न १५ जना बिचौलियालाई पक्राउ गरेर निगरानी  बढाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *