विन्ध्यवासिनीमा सुरु भयो नवदुर्गा महोत्सव

पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा आजदेखि नव दुर्गा महोत्सव सुरु भएको छ ।

नवरात्रिसम्म सञ्चालन हुने महोत्सव गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास यातायात व्यवस्थामन्त्री कुमार खड्का, अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ र कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कोरोनाको विषम परिस्थितिमा स्वास्थ्य मापदण्डको पालना गर्दै महोत्सव सञ्चालन हुने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । महोत्सव दशमीसम्म सञ्चालन हुनेछ । अन्य समयमा विशेष कार्यक्रमका साथ महोत्सव मनाउँदै आएको भएपनि अहिले कोभिडका कारण ठूलो भिडभाड नगरिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *