यस वर्षको नोबेल साहित्य पुरस्कार गुर्नहलाई

काठमाडौँ  ।  सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकारबाट अब्दुलरजाक गुर्नह सम्मानित हुने भएका छन् ।  स्टकहोममा बिहीबार आयोजित कार्यक्रममा स्विडिस एकेडमीले यस वर्षको नोबेल साहित्य पुरस्कारबाट गुर्नहलाई सम्मान गरिने बताएको हो ।

एकेडेमीका अनुसार ‘उपनिवेशवाद्को प्रभाव तथा संस्कृति र महादेशीय खाडलका बीच शरणार्थीको भाग्यका बारेमा’ उनको निरन्तरको लेखनलाई आधार बनाएर यसबर्षको नोबेल पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको हो ।

हाल बेलायतमा बस्दै आएका गुर्नह तान्जानियाको जन्जिबारमा सन् १९४८ मा  जन्मिएका  हुन् । उनी १९६० को दशको अन्त्यतिर शरणार्थीका रूपमा बेलायत प्रवेश गरेका थिए ।  उनले लेखेका १० उपन्यास मध्ये धेरैजसोमा शरणार्थीको भोगाइ र अनुभव समेटिएका छन् ।

उनी वोल सोयिन्का (१९८६) पछि नोबेल साहित्य पुरस्कार पाउने गुर्नह पहिलो अफ्रिकी मूलका लेखक हुन्। उनका ‘ग्राभेल हार्ट’, ‘द लास्ट गिफ्ट’, ‘बाई द सी’, ‘मेमोरी अफ डिपार्चर’, ‘पिलग्रिम्स वे’ लगायतका उपन्यास प्रकाशित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *