एमाले केन्द्रीय सदस्य जोशी एकीकृत समाजवादीमा

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य भानुभक्त जोशीले नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् । एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएका जोशीलाई एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका छन् ।

एमाले परित्याग गरेका जोशीलाई एकीकृत समाजवादीको स्थायी कमिटी सदस्यको जिम्मेवारी दिइएको छ । कार्यक्रममा अध्यक्ष नेपालले जोशीलाई स्थायी कमिटी सदस्य बनाएको घोषणा गरे । ‘उहाँलाई स्थायी कमिटीको जिम्मेवारी दिइन्छ,’ अध्यक्ष नेपालले भनेका छन् ।

दल रोज्न निर्वाचन आयोगले प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरूलाई दिएको भदौ २२ को समयसीमाभित्र नै उनले एकीकृत समाजवादी रोज्ने बताएका थिए । यद्यपि उनी अहिलेसम्म एमालेमै थिए ।

उनी एमालेमै बसेपछि एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पनि तोकेको थिएन । अन्तिममा एकीकृत समाजवादीले गरिमा शाहलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाएको थियो । जोशी नेकपा रहँदा नेपाल-दाहाल समूहमा थिए । पछि एमालेभित्रकाे अन्तरसंघर्षका कारण उनी एमालेमै फर्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *