‘आजिवन डिम्याट खाता’ दशैँ अफर

काठमाडौँ । नबिल इन्भेष्टेमेन्ट बैकिंग लिमिटेडले आजीवन डिम्याट खाता दशैँ अफर ल्याएको छ । आजीवन डिम्याट खाता अन्तर्गत नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरूले डिम्याट खाता खोल्दाको बखत दुई हजार १०० रुपैयाँ भुक्तानी गरी आजीवन नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सक्ने भएका हुन् ।

नवरात्रीको ९ दिन अर्थात् आजदेखि असोज २९ गतेका दिनसम्म यस्तो खाता खोल्न चाहने लगानीकर्ताहरूको लागि कम्पनीले ९०० रुपैयाँ छुट सहित जम्मा दुई हजार १०० रुपैयाँमा आजीवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न पाइनेछ ।

यस्तो सुविधा विद्यमान खातावालाहरूले पनि आफूले भुक्तानी गर्नुपर्ने नवीकरण बापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् । यसअघि यो योजनामा तीन हजार रुपैयाँमा डिम्याट खाता खोली आजीवन नवीकरण गर्न सकिन्थ्यो ।

यसका साथै आजीवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको onlinedemat.nabilinvest.com.np/  मा गई खोल्न सकिने छ भने नवीकरण बापतको भुक्तानी गर्न बाँकी रकम पनि onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाइनबाट नै भुक्तानी गर्न सकिनेछ ।

यो सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहेका डिम्याट खातावालाहरू तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नवीकरण गर्न असमर्थ भएका लगानीकर्ताहरूले एकै पटक एकमुष्ट रकम जम्मा गरी जीवन भरको लागि खाता नवीकरणको झन्झटबाट मुक्त भई फाइदा लिइने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *