पाकिस्तानमा भूकम्प, कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा बिहीबार बिहानै भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यहाँको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ ।
भूकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केको सामाजिक सञ्जालमा राखिएका तस्वीरहरूमा देखिन्छ । प्रारम्भिक रिपोर्टहरूका अनुसार ५(७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ ।
भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको एक अधिकारीले बताए । मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । कम्तीमा १५० जना घाइते भएको स्थानीय अधिकारीहरूले बीबीसी उर्दूलाई बताएका छन् ।
तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । बलोचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाह लङ्गुले प्रभावित क्षेत्रमा आपत्कालीन सेवा शुरू गरिएको बताएका छन् । बीबीसी








