प्रदेश नं.२

लोसपाद्वारा सदन अवरुद्ध, लाइभ भिडिओ बन्द

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश नं. २ को प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । लोसपाका सांसदहरुले उभिएर बैठक अवरुद्ध गरेका हुन् ।

लोसपा सांसदहरूले प्रदेश सभा बैठक अवरुद्ध पारेपछि बैठक केहीबेरका लागि स्थगित गरिएको थियो । लोसपाका विरोधका कारण बैठक केहीबेर स्थगित भएपनि अहिले फेरि शुरू भएको छ ।

प्रदेश सभाले लाइभ भिडिओ बन्द

प्रदेश सभामा प्रमुख प्रतिपक्ष लोसपाले विरोध गर्नेबित्तिकै प्रदेश सभा सचिवालयले भिडिओ लाइभ बन्द गरिदिएको छ । लोसपाका सांसदहरू आ–आफ्नो ठाउँबाट उठ्नेबित्तिकै प्रदेश सभाले आफ्नो अधिकारिक यूट्युबमार्फत गर्ने लाइभ भिडिओ नै बन्द गरिदिएको हो ।

बुधबार (आज) अपराह्न ४ बजेर ७ मिनेट जाँदा दोस्रो बैठक शुरू भएको थियो । तर, त्यो बैठक शुरू भएलगत्तै प्रतिपक्ष लोसपाले अवरुद्ध गरेपछि प्रदेश सभाले ५ सेकेन्डमै लाइभ बन्द गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *