प्रदेश २ : प्रदेशसभाको पहिलो बैठक सकियो, दोस्रो बैठक आजै बस्ने

जनकपुरधाम । प्रदेश २ प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठक सकिएको छ । आजै दोस्रो बैठकसमेत बस्ने भएको छ ।

सातौँ अधिवेशनको पहिलो बैठकमा दलका नेताहरूले आ-आफ्नो भनाइ राखेपछि प्रदेशसभाको बैठक एक घण्टाको लागि बैठक स्थगित गरिएको हो । सभामुख सरोजकुमार यादवले आजै दिउँसो दोस्रो बैठक सुरु हुने जानकारी गराएका छन् ।

अबको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने बताइएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने एक सांसदले बताए ।

पहिलो बैठकमा प्रतिपक्षी दलका नेताहरूले सरकारको आलोचना गरेका थिए भने सत्ता पक्षका प्रदेशसभा सदस्यले सरकारको बचाउमा उत्रिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *