हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले लिए शपथ

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

अध्यक्ष श्रेष्ठले शपथ ग्रहणपश्चात् आजै बैंक अध्यक्षको पदबहाली गरेका हुन् । उनलाई बैंकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणालगायत बैंकका वरिष्ठ अधिकृतहरूले स्वागत गरेका हुन् ।

श्रेष्ठलाई २०७८ साल असोज १३ गते बुधबारका दिन बसेको बैंकको ४११ औँ सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *