कामना सेवाले ल्यायो अनलाइन डिम्याट सुविधा

काठमाडौँ । कामना सेवा विकास बैङ्कले अनलाइन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । अब बैङ्कमा बचत खाता भएका ग्राहकले घरमै बसी सहज रूपमा बैङ्कको अनलाइन मार्फत नै डिम्याट खाता तथा मेरो शेयर खोल्नु सकिने बैङ्कले जनाएको छ ।

अनलाइन मार्फत खाताको लागि आवेदन दिएको केही समयमै डिम्याट खाता खोलिने व्यवस्था बैङ्कले गरेको छ । साथै बैङ्कमा खाता नभएका ग्राहकले अनलाइनबाटै उच्चतम ब्याजदर सहितको बैङ्कको नयाँ लगानी बचत खाता खोली यो सुविधा उपभोग गर्न सकिने जनाएको छ ।

जस अन्तर्गत ग्राहकले प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बुकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − four =