नबिल दशैँ धमाका अफर, १५ सयसम्म क्यास ब्याक

काठमाडौँ । नबिल बैंकले ‘नबिल दशैँ धमाका अफर’ ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यास ब्याक पाउन सक्नेछन् ।

नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरूले बिग मार्टमा १०५ छुट वा अधिकतम ३०० सम्म क्यास ब्याक पाउन सक्नेछन् । यो अफर घटस्थापनाका दिन लागु हुनेछ । त्यस्तै किरानामा १५ प्रतिशत छुट वा अधिकतम १५०० सम्म क्यास ब्याक पाउन सक्नेछन् ।

किराना पसलमा यो अफर अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुनेछ । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम ५०० रुपैयाँसम्म पाउन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =