न्यानोपनाको खोज गर्ने दुई वैज्ञानिकलाई नोबेल पुरस्कार
२०७८ असोज १९ गते

काठमाडौँ । वैज्ञानिकद्वय डेभिड जुलियस र आर्देम पाटापोउटियनले संयुक्त रुपमा यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् ।
उनीहरूले घामको वा माया गर्ने मानिसको अँगालोको न्यानोपना हाम्रो शरीरले कसरी महसुस गर्छ भनेर पत्ता लगाएका थिए । शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्नेबारे उनीहरूको अध्ययनको विषय थियो ।
दुःखाइको उपचारमा समेत महत्वपूर्ण पुग्ने बताइएको छ । डेभिड जुलियस अमेरिकी नागरिक हुन् भने पाटापोउटियन लेबनानका नागरिक हुन् । नोबेल पुरस्कारको घोषणा स्टकहोल्मस्थित कारोलिस्का इन्स्टिच्युटमा सोमबार गरिएको हो ।
२०७८ असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित








