६ घण्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई ६ अर्ब बढी घाटा

काठमाडौँ । करिब ६ घण्टासम्म फेसबुक‚ ह्वाट्सएप‚ मेसेन्जर‚ इन्स्टाग्राम र ओकुलस पहुँच बाहिर हुँदा फेसबुकका निर्माता मार्क जुकरबर्गले ६ अर्ब अमेरिकी डलरभन्दा बढी रकम गुमाएका छन् ।

सोमबार रातिदेखि फेसबुक‚ ह्वाट्सएप‚ मेसेन्जर‚ इन्स्टाग्राम र ओकुलस करिब ६ घण्टासम्म ‘डाउन’ भएको थियो ।

यी साइट डाउन भएसँगै सोमबार फेसबुकको सेयर मूल्यमा ४.९ प्रतिशतले गिरावट आएको ब्लुमबर्गले उल्लेख गरेको छ ।

सेयरको मूल्यमा  गिरावट आएपछि ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा उनी पाँचौं नम्बरमा झरेका छन् ।

फेसबुकका इन्स्टाग्राम, ह्वाट्सएप, ओकुलसका साथै अमेरिकी टेलिकम कम्पनी‚ जस्तैः भेरिजोन, एटी एन्ड टी र टी मोबाइलको सेवा घण्टौँसम्म डाउन भएका थिए । हाल फेसबुकका सबै सेवाहरू सुचारु भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *