डिशहोमको ‘दिमाग हल्लिने अफर’

काठमाडौं । विगत ११ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय ईन्टरनेट सेवालाई देशभर विस्तार गरिरहेको छ ।

ईन्टरनेट वितरणको सुरुवाती चरणमा नै गुणस्तरीय र उत्कृष्ट सेवा मार्फत उल्लेख्य ग्राहकहरुको रोजाईमा डिशहोम फाईवरनेट पर्न सफल भएको डिश होमले जनाएको छ ।

अब डिशहोमका ग्राहकहरूलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबैभन्दा कम मूल्यमा डिशहोम फाईबरनेटले प्रदान गर्ने कम्पनीले जनाएको हो ।

ग्राहकहरुले मासिक ८९९ रुपैयाँमा नै १०० एमबीपीएस ईन्टरनेटको मज्जा ५ जि ड्युल ब्यान्ड राउटरको साथमा लिन सकिने कम्पनीले जनाएको छ ।

१०० एमबीपीएस ईन्टरनेट सबैभन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरूले प्राप्त गर्न सकिनेछ ।

२०७८ असोज ११ गते देखि ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना संचालन भइरहेको छ । यो योजनाअन्तर्गत डिशहोम फाइबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने डिश होमले जनाएको छ ।

स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्रमार्फत गरिनेछ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *