हत्या अभियोगमा एक जना पक्राउ

काठमाडौँ । राज खड्काको हत्या प्रकरणमा प्रहरीले प्रदीप लिम्बुलाई पक्राउ गरेको छ ।  बुढानीलकण्ठ नगरपालिका-८ भंगाल बस्ने मोरङ विराटनगर घर भएका ३० वर्षीय राज खड्कालाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही स्थान बस्ने ताप्लेजुङ घर भएका ३५ वर्षीय लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रदीपले खड्कालाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो । महानगरीय प्रहरी वृत्त महाराजगन्ज र महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते खडकाको उपचारको क्रममा करुणा अस्पताल चुनिखेलमा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + six =