नेपाल बंगलादेश क्यापिटलले लाभांश पारित गर्‍यो

काठमाडौँ । नेपाल बंगलादेश क्यापिटलको साधारण सभा सम्पन्न भएको छ। उक्त सभाले प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित भएको छ । बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा सोमबार सम्पन्न भएको संस्थाको तेस्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्ताव गरेको लाभांशलाई पारित गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । जसको १९ प्रतिशतका दरले ३ करोड ८० लाख रुपैयाँ नगद लाभांश सेयर धनीले पाउने भएका छन् ।

यस्तै सभाले आर्थिक वर्ष २०७७\७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७\७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८\७९ को लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तथा नियुक्तिको सर्त तोक्ने प्रस्तावहरू पारित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =