धनगढीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढी । धनगढीको ६ लेन सडकमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। धनगढीबाट अत्तरियातर्फ गइरहेको ना ८ ख २२४२ नम्बरको बसले ठक्कर दिँदा पैदल हिँडिरहेका दार्चुलाका ४५ वर्षीय गणेश बर्मा सुनारको मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते भएका उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए। बस र चालक आशिष चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेती नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *