सबै विद्यालयलाई ल्यापटप र प्रिन्टर

पर्वत। पर्वतको जलजला गाउँपालिकाले विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि गाउँपालिकाभित्रका सबै विद्यालयहरूलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ। कोभिड-१९, प्राकृतिक विपत् तथा आधुनिक समयका कारण हरेक कुरा प्रविधिमा आधारित बन्दै गएकाले विद्यालयलाई पनि समयानुकूल सोही धारमा परिमार्जन गर्नका लागि गाउँपालिकाभित्र रहेका ४४ वटा विद्यालयलाई ती सामग्रीहरू वितरण गरिएको हो।

गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार प्रावि तहसम्म सञ्चालनमा रहेका आधारभूत विद्यालय, कक्षा आठसम्म सञ्चालनमा आधारित रहेका आधारभूत विद्यालय र त्यसभन्दा माथि कक्षा १२ सम्मको अध्यापन गराउँदै आएको विद्यालयका लागि आईसीटी उपकरणहरू सहयोग गरिएको हो ।

स्थानीय तहभित्र रहेका आठवटा प्रत्येक माध्यमिक विद्यालयलाई ५२ वटा ल्यापटपका लागि ३६ लाख ४० हजार रुपियाँ र ४४ वटा विद्यालयलाई १३ लाख ६४ हजार रुपियाँका फोटोकपी र स्क्यान सुविधासहितका प्रिन्टरहरू प्रदान गरिएको हो।

गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल रामकृष्णले विद्यालयका विवरणहरूलाई एकीकृत रूपमा अनलाइनमा राख्ने सम्बन्धी प्रशिक्षण यसअगाडि नै गरिसकिएको भए पनि कम्प्युटरबाट गर्न सकिने अन्य कामहरूको बारेमा सिकाउन पुनः पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *