बेलौरी र टिकापुरमा युवासँग-महालक्ष्मी लाईफको जनचेतना कार्यक्रम

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्षमा २५ वटाभन्दा बढी जिल्लामा युवासँग- महालक्ष्मी लाईफ बीमा जागरण राष्ट्रिय अभियान संचालन गर्ने लक्ष्य लिएको छ ।

सोही अभियानअन्तर्गत सुदुरपश्चिमको बेलौरी कञ्चनपुर र टिकापुर कैलालीमा युवासँग-महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न गरेको छ ।

बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रममा स्नातक तहका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

क्याम्पस प्रमुख धर्मराज जोशीको अध्यक्षतामा भएको बीमा जनचेतना कार्यक्रममा सहायक क्याम्पस प्रमुख गंगाप्रसाद रिजाल, कम्पनीका क्षेत्रिय प्रमुख हर्कबहादुर बोहराले कार्यक्रमको महत्व बारेमा मन्तव्य राखेका थिए ।

कम्पनीका बेलौरी कार्यालय प्रमुख प्रदिप तिवारीले संचालन गरेको कार्यक्रमको नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमा बारेमा प्रशिक्षण दिएका थिए ।

त्यसैगरी कैलालीको टिकापुरस्थित टिकापुर बहुमुखी क्याम्पसमा पनि युवासँग-महालक्ष्मी लाईफ कार्यक्रम गरेको छ । कार्यक्रममा ७० भन्दा बढीको सहभागिता थियो ।

निमित्त क्याम्पस प्रमुख धनकृष्ण उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागी विद्यार्थीहरूलाई बीमाबारे प्रशिक्षण दिएका थिए ।

कम्पनीले यसअघि पर्सा, बारा, रौतहट, मोरङ र कैलाली जिल्लामा कार्यक्रम सम्पन्न गरिसकेको छ भने यसै हप्ता म्याग्दी, बागलुङ र तनहुमा कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *