मेगा बैंकमा खाता भए ल्याटीन एबीएस सिर्भिस सेन्टरमा छुट

काठमाडौँ । ल्याटिन एबीएस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै आफ्नो सेवा सुरु गरेको छ । कम्पनीले काठमाडौँको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकका लागि ३० प्रतिशत छुटसहितको सेवा सुरु गरेको छ ।

कम्पनीले मेगा बैङ्कका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पार्ट्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटसहितको सेवा उपलब्ध गराउने बैङ्कले जनाएको छ ।

कम्पनीले मेघा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोग कर्ताहरूलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरू ल्याएको जनाएको छ । कम्पनीले मेघा बैङ्कमा खाता नभएका दुई पाङ्ग्रे सवारी साधन चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधा समेत प्रदान गर्ने बैङ्कको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *