कवि बिनाबीको कविता सङ्ग्रह ‘यादहरूको सङ्ग्रहालय’ सार्वजनिक

काठमाडौँ । कवि केवल बिनाबीको कविता संग्रह ‘यादहरूको सङ्ग्रहालय’ सार्वजनिक भएको छ ।

शनिबार काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । कवि तथा गीतकार भूपाल राई, लेखकद्वय राजेन्द्र मानन्धर र धनकुमारी सुनारले पुस्तकको विमोचन गरेका थिए ।

बिनाबीका कविताले विद्रोह बोलेको बताउँदै कवि तथा गीतकार राईले ‘कवितामार्फत राजनीति गर्नु हुन्न’ भन्ने झूटो विचार बोक्नेका विरुद्ध कवि बिनाबीले चलाएको अभियान सही दिशामा अघि बढिरहेको बताए ।

फिनिक्स बुक्सले बजारमा ल्याएको यस पुस्तकमा ४७ कविता संग्रहित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *