अख्तियारविरुद्ध जनकपुरमा जसपाको मोटरसाईकल जुलुस

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा गरेको छापामारीविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबार प्रदर्शन गरेको छ । जसपाका नेता कार्यकर्ताहरूले जनकपुरधाममा वृहत् मोटरसाईकल र्‍याली निकालेका हुन् ।

र्‍यालीमा गाउँ-गाउँबाट जसपाको सर्मथनमा मानिसहरू सहभागी भएका थिए । जसपा प्रदेश २ समितिले गरेको निर्णयअनुसार आठै जिल्लाको सदरमुकाममा मोरसाईकल र्‍याली निकालिएको हो । र्‍यालीमा वडादेखि केन्द्रसम्मको नेताहरूको सहभागिता थियो । अख्तियारलाई खबरदारी गर्नका लागि र्‍याली निकालिएको जसपाका धनुषा अध्यक्ष पशुपति यादवले बताए । उनका अनुसार अख्तियारले गत बुधबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा प्रदेश २ सरकारलाई बदनाम गराउनका लागि छापामारी गरिएको थियो ।

No description available.

र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले माइकमार्फत अख्तियारविरुद्ध चर्को नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूले अख्तियार प्रमुख प्रेम राईको राजीनामासमेत मागेका थिए । र्‍यालीमा सहभागीहरूले ‘मधेशविरोधी अख्तियार मुर्दावाद, संघीयता विरोधी अख्तियार मुर्दावाद, कसैको ईशारामा छापा मार्न पाइँदैन, संघीयतामाथि प्रहार गर्न पाइँदैन, अख्तियार प्रमुख होसियार, अख्तियार मुर्दावाद, अख्तियार प्रमुख राजीनामा दे’लगायत नारा लगाएका थिए ।

No description available.

जनकपुरको रेल्वे स्टेसनबाट सुरु भएको मोटरसाईकल र्‍याली शिव चोक, जनक चोक, राम चोक हुँदै भम्रपुरा चोक पुगेर रामानन्द चोक हुँदै पिडारी चोकमा कोण सभामा परिणत भएको छ ।

यसयघि जसपाका नेताहरूले असोज १६ मा प्रदेश २ को आठै जिल्लाको सदरमुकाममा साँझ मसाल जुलुस गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले मुख्यमन्त्री कार्यालयमा गत बुधबार छापामारी गरेको थियो ।

No description available.

मुख्यमन्त्री ‘बेटी पढाउ‚ बेटी बचाउ’ अभियानअन्तर्गत साईकल वितरण कार्यक्रमको फाईल अख्तियारले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । अख्तियारको छापामारीविरुद्ध मुख्यमन्त्रीले आपत्ति जनाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *