फेरिए ११ जिल्लाका सीडीओ

काठमाडौँ । ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा भएको छ । मन्त्रालयका अनुसार सहसचिवसहित १६ जनाको सरूवा भएकामध्ये ११ जना सीडीओ छन् ।

इलाका प्रशासन कार्यालय टिकापुरका उप-सचिव मोहनराज जोशीलाई  प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सीडीओ बनाइएको छ ।

त्यस्तै डडेल्धुराका सीडीओ हरिप्रसाद घिमिरे र कास्कीका सीडीओ बानेश्वर गौतमलाई गृहमन्त्रालयको सहसचिव बनाइएको छ ।

त्यस्तै गृहमन्त्रालयकै सहसचिवद्वय कमलराज ढकाल र जयनारायण आचार्यलाई क्रमशः भोजपुर र कास्कीको सीडीओ बनाइएको छ ।

यस्तै लमजुङको सिडिओमा सुशील वैद्य, मनाङमा रवीन्द्रप्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, डोटीमा शंकरबहादुर विष्ट, तेह्रथुममा अनोजकुमार घिमिरे, मुगुमा रोमबहादुर महत,  सप्तरीमा विष्णु लामिछानेको सरूवा भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *