ड्रग्स पार्टीमा सामेल शाहरुख खानका छोरामाथि सोधपुछ जारी, १० जना पक्राउ

एजेन्सी । एक ड्रग्स पार्टीमा सहभागी भएको भन्दै बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनमाथि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अनुसन्धान थालेको छ  । मुम्बई नजिक समुद्रमा एक क्रुज जहाजमा एनसीबीले गए राति छापा मारेको थियो । जुन पार्टीमा आर्यन पनि देखिएका बताइएको छ ।

यद्यपि उनले पार्टीमा कुनै शुल्क  तिरेर सहभागी नभएको बताएका छन् ।  एनसीबीसँगको सोधपुछमा उनले आफूलाई अरूले नै बोलाएर उनी त्यहाँ पुगेका थिए । स्रोतका अनुसार उक्त पार्टीको भिडियो समेत बरामद भएको छ, जसमा आर्यन पनि देखिएका छन् ।

आर्यनले पार्टीको क्रममा सेतो टी-सर्ट, निलो जिन्स, रातो खुल्ला सर्ट र टोपी लगाएका थिए।  अधिकारीहरूले आर्यनको मोबाइल समेत जफत गरेर अनुसन्धान गरिरहेका छन् । उक्त पार्टीमा दिल्लीबाट गएका ३ जना युवती समेत पक्राउ परेका छन् ।  उनीहरू दिल्लीका धनाढ्य व्यापारीका छोरीहरू भएको बताइएको छ ।

 एनसीबीले यस घटनामा अनुसन्धानका क्रममा दोषी देखिएकाहरूमाथि कानुनअनुसार कारबाही गरिने बताएको छ । हाल एनसीबीको दिल्ली मुख्यालयबाट यस मामिलाको सूक्ष्म अनुगमन भइरहेको बताएको छ। ड्रग्स पाटी पार्टीमा सामेल अन्य १० जनालाई एनसीबीले  हिरासतमा लिएको छ । ड्रग्स पार्टी भइरहेको सूचनाको आधारमा कर्डेलिया द इम्प्रेस नामक जहाजमा एनसीबीको टोलीले छापा मारेको बताइएको छ ।

एनसीबसीका अधिकारीहरू यात्रुका रुपमा क्रुजमा सवार भएका थिए । शनिवार रेभ पार्टी चल्दै गर्दा उनीहरूले छापा मारेका थिए । भारतीय मिडियाका अनुसार क्रुजबाट ठूलो मात्रामा लागू औषध बरामद गरिएको छ । यसको मूल्य करोडौँ रहेको बताइएको छ । यसमा एमडी कोक र हशीश रहेको समाचारमा उल्लेख छ । पक्राउ गरिएका सबैलाई आइतबार मुम्बई ल्याइएको छ ।

शुक्रवार मात्र एनसीबीले अस्ट्रेलिया र न्यूजिल्याण्ड लागू औषध पठाउने ठुलो समूहको पर्दाफास गरेको थियो । त्यहाँ करिब ५ करोड भारु बराबरको लागू औषधसमेत बरामद गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *