गणेशप्रसाद नेपालको आत्मकथा ‘बाँच्नुको एउटा जीवन’ विमोचन

झापा । लेखक गणेशप्रसाद नेपालको आत्मकथा ‘बाँच्नुको एउटा जीवन’ विमोचन गरिएको छ । झापा चन्द्रगढीको लेखनाथ पुस्तकालयमा आयोजित कार्यक्रममा आख्यानकार पुण्यप्रसाद खरेल र वर्तमान साहित्य प्रतिष्ठान भद्रपुरका सभापति नवराज घिमिरेले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।

कृतिमाथि प्रा. ताराराज पौडेल र कथाकार भवानी क्षेत्रीले समीक्षा गरेका थिए भने प्रा. होम सुवेदी, कृष्ण सुवेदी ‘निराकार’, कृष्ण अनमोललगायतले कृति र लेखकका विविध पक्षबारे प्रकाश पारेका थिए ।

यो लेखकको दोस्रो कृति हो । यसअघि ०७२ सालमा लेखकको पहिलो कृति परदेशको व्यथा (काव्य)  प्रकाशित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *