प्रदेश २ : अख्तियारविरुद्ध जसपाले आन्दोलन गर्ने

जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा), नेपालले आन्दोलन गर्ने भएको छ । जसपा प्रदेश २ मधेश कमिटीले एक विज्ञप्ति जारी गर्दै अख्तियारको छापाविरुद्ध (आज) शनिवारदेखि आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनको कार्यक्रमअन्तर्गत आज साँझ प्रदेश २ को आठै जिल्लाको सदरमुकाममा मसाल जुलुस र आइतबार सदरमुकामहरुमा प्रदर्शन गर्ने जसपाले जनाएको छ ।

केन्द्रीय कार्यालयबाट आएको अख्तियारको टोलीले बुधबार दिउँसो मुख्यमन्त्री कर्यालयमा छापा मारेको थियो । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले सोसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ ।

मुलुकमै चर्चा कमाएको प्रदेश २ को लोकप्रिय कार्यक्रम ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेकाे भन्दै जसपाले आपत्तिसमेत जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *