चाडबाड लक्षित बजार अनुगमन, लेबलिङ नभएका सामान बजारमा  

विराटनगर । लामो समयसम्म  बजार अनुगमन हुन नसकेको इटहरीमा चाडबाड लक्षित बजार अनुगमन शुरु भएको छ । पहिलो दिनको अनुगमनमा लेबलिङ नगरिएका बस्तु तथा सामाग्री बजारमा भेटिएको छ ।

पाँच वटा पसलमा लेबलिङ नगरी समान विक्री गरेको पाइएको तथा तीन वटा पसलको नवीकरण नभएको पाइएकोले त्यस्ता बस्तु बिक्री नगर्न र तत्काल व्यवसाय नवीकरण गर्न निर्देशन दिइएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । शुक्रबार इटहरी बजारका ९ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको थियो  ।

इटहरी उपमहानगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि,उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहितको टोलीले बजार अनुगमन गरेको हो ।

बेलाबेला हुने बजार अनुगमनले बजारमा हुने विकृति घट्ने तथा व्यवसायी सचेत हुने भएकोले बजार अनुगमनलाई निरन्तरता दिइने इटहरी उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख नोवलकिशोर भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =