कामना सेवाले सुरु गर्‍यो दृष्टि जगेर्ना अभियान

काठमाडौँ । कामना सेवा विकास बैंकले दृष्टि जगेर्ना अभियान सुरु गरेको छ ।

बैंकले ग्राहकहरूको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पतालसँगको सहकार्यमा विश्व दृष्टि दिवसको अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको ‘आँखालाई माया गरौं’ भन्ने नारालाई आत्मसात् गरी विभिन्न बैंकिङ सेवाहरू लिने क्रममा सहज होस् भन्ने उद्देश्यका साथ दृष्टि जगेर्ना अभियानको सेवा शुभारम्भ गरेको हो ।

यो सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था हो । बैंकका अध्यक्ष सुदिप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोख्रेलज्यूले संयुक्त रुपमा आज एक समारोहका बीच उक्त सुविधाको शुभारम्भ गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =