शिक्षकलाई राजनीति नगर्न पालिकाको निर्देशन

बर्दिया । शिक्षा विकास तथा समन्वय इकाई बर्दियाले राजनीतिमा संलग्न शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । यस विषयमा व्यापक जनगुनासो तथा उजुरी आएकोले गम्भीर ध्यानाकर्षण भएको भन्दै कारबाहीको चेतावनी दिएको हो ।

बिहीबार विज्ञप्तिमार्फत सामुदायिक विद्यालयका शिक्षक, प्रारम्भिक वाल विकास सहजकर्ता र कर्मचारीहरू समेतलाई सचेत गराएको छ ।  कुनै वाहलवाला शिक्षक/कर्मचारीले सक्रिय राजनीतिमा संलग्न हुनु नियम विपरित भएकाले यस्तो कार्य नगर्न भनेको छ ।

‘कुनै पनि शिक्षक पदमा आसीन वाहलवाला शिक्षक कर्मचारीले सक्रिय राजनीतिमा भाग लिन नपाउने शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६ ‘ङ’को उपदफा ५ को ‘छ’ मा व्यवस्था भएको हुँदा सो को उलङ्घन गरी ऐन तथा तथा नियमावलीमा भएको नियमको पालना नगर्ने शिक्षकलाई ऐन तथा निमयावालीमा भएको व्यवस्था बमोजिम कारबाही हुने ब्यहोरा सचेत गराइन्छ ।’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *