बैंक अफ काठमाण्डूका कार्डबाहकलाई स्मार्ट दशैँ अफरमा २० प्रतिशतसम्मको नगद फिर्ता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकले स्मार्टडोकोको स्मार्ट दशैँ अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका छन् ।

नेपालीहरूको महान चाड दशैँलाई लक्षित गरी स्मार्ट डोकोले आजबाट सञ्चालनमा ल्याएको स्मार्ट दशैँ अफरमा बैंकका कार्डबाहकहरूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नग दफिर्ता पाउन सक्ने बैंकले जनाएको छ ।

बैंकको कार्डबाहकले यस अफरबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्री-पेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ ।

स्मार्ट दशैँ अफरमा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्म नगद फिर्तासहित विभिन्न किसिमका राष्ट्रिय र अन्तरराष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =