मृत भेटिइन् कन्नड अभिनेत्री सौजन्या
२०७८ असोज १४ गते

एजेन्सी । कन्नड चलचित्रमा अभिनय गरेकी अभिनेत्री सौजन्या मृत भेटिएकी छन् । बिहीबार बिहान बेंगलुरुको अपार्टमेन्टमा उनी मृत भेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रहरीले उनको शवसँगै सूसाइड नोटसमेत भेटिएको जनाएको छ । उक्त सूसाइड नोटमा उनले आफ्नो मृत्युका लागि कसैलाई पनि जिम्मेवार नदेखाउन लेखेकी छन् । उनले आफ्नो जीवनमा भोगेको भोगाइले मानसिक रूपमा तनाव दिने गरेको लेखेकी छन् ।
उनले चलचित्र सँगै केही सिरियलमा समेत काम गरेकी थिइन् ।
२०७८ असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित








