मोकोबाट ‘स्क्यान टु पे’ सेवा सुरू

काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन र भिसाले पहिलो पटक नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा मोकोबाट स्क्यान टु पे को नेपालमा सुरुवात गरेको छ ।

फोकसवान पेमेन्ट सोलुसन, नेपाल राष्ट्र बैंकद्वारा लाईसेन्स प्राप्त एक भुक्तानी सेवा प्रदायक संस्था हो । जसले आफ्नो मोबाइल डिजिटल वालेट मोको बिहीबारबाट शुरू गरेको छ।

डिजिटल भुक्तानीमा विश्वव्यापी प्रख्यात भिसासँग साझेदारी गरेर मोको डिजिटल वालेट अनलाइन भुक्तानीमा एक नयाँ परिवर्तन हो । जहाँ प्रयोगकर्ताहरु सजिलै आफ्नो फोनमा भिसा कार्ड विवरण लिंक गर्न सक्छन् ।

एक मर्चेन्टमा प्रदर्शित क्युआर कोड स्क्यान गरेर लेनदेनको लागि भुक्तानी शुरू गर्न सक्छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरुले अब मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्डहरु लिंक गरी खरीद तथा विभिन्न सेवाहरु जस्तैः टेलिकम टप अप, इन्टरनेट र बिजुलीको बिल भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् ।

यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटक पटक ब्यालेन्स लोड गरिरहन पर्दैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 1 =