डिजी स्कुल ग्लोबलद्वारा आइटी कोर्सको प्रमाणपत्र वितरण

काठमाडौं ।

डिजी स्कुल ग्लोबलले शनिबार ‘एनसीसी यूके आइटी कोर्स’को प्रमाणपत्र वितरण गरेको छ । डिजी स्कुल ग्लोबलले सञ्चालन गरेका ‘लजिकल थिङ्किङ’, ‘प्रब्लम सल्भिङ’, ‘कृटिकल थिङ्किङ’, ‘कम्युनिकेसन एन्ड कोल्याबोरेशन स्किल एन्ड मिडिया लिटरेसी’ लगायत कोर्समा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको स्कुलले जनाएको छ ।

उक्त कार्यक्रममा स्कुलका सिइओ राजु बानियाँले अबको युग प्रविधिको युग रहेकाले डिजी स्कुलले यससम्बन्धी कोर्सहरू सञ्चालन गरिरहेको बताए ।

उनले डिजी स्कुललले नेपाली बालबालिकालाई विश्वस्तरको दक्षतासहितको प्राविधिक सीप प्रदान गरिरहेको दाबी पनि गरे । नेपालमा डिजी स्कुल सफ्टेड ग्रुपले सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *