नदीमा मोटरसाइकल खस्दा धनुषामा तीन जनाको मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाइकल नदीमा खस्दा तीन जनाको ज्यान गएको छ । औरहीबाट सदरमुकाम जनकपुर आउँदै गरेको मोटरसाइकल जनकपुरधाम उपमहानगरपालिका-१८ भोइलस्थित जलाद नदीमा खस्दा तीनजनाको ज्यान गएको हो ।

जलाद नदीको पुलबाट ज ९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

उनका अनुसार सडक सतहभन्दा अग्लो पुलबाट खस्दा मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमा मृत्यु भएको हो ।

मृतकमध्ये लाइसेन्स भएका जनकपुरधाम उपमहानगरपालिका-११ का २१ का कुनालकुमार साहको सनाखत भएको छ भने अन्य दुईजनाको परिचय खुलेको छैन । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *