लक्ष्मी बैंकलाई एडीबीको ‘लिडिङ पार्टनर बैंक’ उपाधि

काठमाडौँ । लक्ष्मी बैंकलाई एसियन डेभेलपमेन्ट बैंकले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधिबाट सम्मानित गरेको छ ।

सो उपाधि एडिबी को ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत रहेको छ‚ जसमा एडिबीसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ ।

लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो ।

एडिबीले सो उपाधिहरू जुलाई १, २०२० देखि जुन ३०, २०२१ को अवधीभर गरिएको विभिन्न सहकार्यको आधारमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंकले विभिन्न साना, मझ्यौला तथा ठुला संस्थाहरूसँग कारोबार गरी सबैभन्दा सक्रिय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ ।

एडिबीको ‘लिडिङ पार्टनर बैंक’ उपाधिले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचलन क्षमता, वित्तीय स्वास्थ्य र जोखिम व्यवस्थापानको सुदृढीकरण गर्ने प्रयासहरूलाई अझ सार्थक बनाएको छ ।

हालको कोभिड-१९ को स्थितिका कारण, भर्चुअल रुपमा गरिएको पुरस्कार समरोहमा सो उपाधि लक्ष्मी बैंकलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fourteen =