घट्यो राजस्व, बढ्यो खाजस्व

त्यसबेला युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । मानौँ अहिले अमेरिकी ग्रीनकार्ड पाउनेको जस्तै रवाफ थियो उनको । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग जाने-आउने गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा बाहनको नाताले कुकुरले रामैसँग उठायो । युधिष्ठिर जतिपल्ट स्वर्ग उक्लिन्थे, कुकुर पछि लागिहाल्थ्यो । स्वर्गीय सुविधा कुकुरमा मात्र सीमित भइदिएको भए केही थिएन, तर कुकुरको कानमा टाँसिएको किर्नो पनि संयोगले युधिष्ठिरसरह नै स्वर्ग जान्थ्यो । हुनपनि हो, कुकुरको कान जाँच गर्ने कुरो पनि आएन । आखिर सत्ता, शक्ति उहिले न अहिले‚ त्यसको मूलभूत सार उही नै हो ।

तर यो रवाफ धेरै समय टिकेन । विधिको विधान महाभारत युद्ध सकिएपछि पाण्डव र कौरव सन्तानको अन्त्य हुँदै गयो । यही नियमको पालना गर्दै पाण्डवहरू पनि पलायन भए । युधिष्ठिरलाई स्वर्गमा गएर आफ्ना सन्तान भेट्न मन लाग्यो । तर विडम्बना ! स्वर्ग त सबै कौरवहरूको संख्याले भरिएको थियो । आफूलाई स्वर्गको मसिहा ठान्ने पाण्डवहरू त सोच्दै नसोचेको नर्कमा पुगेका थिए । स्वर्गमा आफ्ना परिवारका सदस्य नभेटेपछि तिलमिलाएका युधिष्ठिरले रिसाएर देवराज इन्द्रसँग सोधे– ‘भगवान् अन्यायी, दुराचारी, कपटी, बेइमानी, धूर्त बदमास सबै यहाँ छन् । मेरा भाइहरू भने यहाँ कतै देख्दिनँ । होइन‚ यो कस्तो नियम हो, मैले त बुझ्नै सकिनँ । म यी दुराचारीसँग बस्न चाहन्नँ ।’

नारदले युधिष्ठिरलाई सम्झाए– ‘यो पृथ्वी होइन, स्वर्गलोक हो । यहाँका आफ्नै नियम हुन्छन् । दुर्योधनले युद्धधर्मको पालना गरेका थिए । उनले सत्य धर्म पालनकै लागि ज्यानको परवाह गरेनन् । एउटा लोकमा भएको झगडा अर्को लोकमा ल्याएर तपाईँजस्ता महान् व्यक्तिले वैमनुष्य भाव राख्नु राम्रो होइन । यसका लागि केही समय भएपनि तपाईँ नरकमा पुग्नैपर्छ ।’ युधिष्ठिरलाई नारदको तर्क मनासिब लाग्यो । उनी पनि केही समय त्यहीँ बसेर आफ्ना परिवारका सदस्यलाई नरकबासबाट मुक्ति गराए ।

णतन्त्र ल्याएको दाबी गर्ने नेताहरूमा घमण्डको मूल्य युधिष्ठिरको आडमा स्वर्ग जाने कुकुर र किर्नोको हैसियतभन्दा माथि उठेन । गणतन्त्रले सबै दलका नेताहरूलाई पालैपालो सत्ताको सारथि बनायो । अनि तिनीहरूको आडमा सत्ताको स्वर्गीय आनन्द कतिले उठाए, त्यसको लेखाजोखा छैन ।

गणतन्त्र ल्याएको दाबी गर्ने नेताहरूमा घमण्डको मूल्य युधिष्ठिरको आडमा स्वर्ग जाने कुकुर र किर्नोको हैसियतभन्दा माथि उठेन । गणतन्त्रले सबै दलका नेताहरूलाई पालैपालो सत्ताको सारथि बनायो । अनि तिनीहरूको आडमा सत्ताको स्वर्गीय आनन्द कतिले उठाए, त्यसको लेखाजोखा छैन । कुकुर त ठिकै हो । तर गणतन्त्रको राजमा किर्नोको दबदबा बेपत्तासँग बढ्यो । राजा ज्ञानेन्द्रका जिउमा टाँसिएका सबै किर्नो अहिले बालुवाटार, खुमलटार र नारायणथान दरबारमा बसाइँ सरेका छन् । किर्नो त आखिर किर्नो हो । उसलाई न गणतन्त्र चाहिएको छ, न लोकतन्त्र । किर्नोको स्वार्थ हो– रगत चुस्नु । रगत नआउनेसँग उसको सङ्गतै हुँदैन । दुई चार वर्ष अघिसम्म सत्ता र शक्तिमा चोर बिरालोजस्तो र्‍याल चुहाउने तिनै पार्टी एन्ड कम्पनीहरू अहिले तिनै किर्नोको बलमा खसी बजारमा बोका जोखेजस्तै मन्त्री, राजदूत, संवैधानिक निकायका प्रमुख, न्यायाधीश जोखेर हिँड्दै छन् ।

पाँच वर्षका लागि ढुङ्गाको अक्षर भनिएको दुई तिहाइ सरकार थन्किएर ओलीको बोली तुलसीलाल अमात्य प्रतिष्ठानको चार कुनामा सीमित बन्दै गएको छ । नेपालका सरकारहरू तिहाइले मजबुत नहुने रहेछन् । २०१५ सालको बिपी नेतृत्वको सरकार राजा महेन्द्रको एक ‘फू’मा ढल्यो ।

महेन्द्र त मोहरामात्र थिए । एक हप्ताअघिसम्म सही सलामत राजा ज्ञानेन्द्रको एकछत्र राजको सरकार धरहरा ढलेझैँ ढल्यो । यहाँ सरकार ढाल्न बनाउन नीति र नियतिले नभएर नियतले काम गर्छ । गणतन्त्र ल्याएपछि राष्ट्रपति बन्ने गिरिजाप्रसाद कोइराला र प्रचण्डको सपना सुनामीले खाइदियो । सरकारमा नजाँदासम्म गिरिजाप्रसादलाई ‘गड फादर’कै हदसम्मको सम्मान दिने प्रचण्ड त्यहाँ पुग्नासाथ अन्तरिक्ष मानव बनाइए । त्यस्तै उडनतस्तरीले प्रचण्ड र ओलीलाई दुई शिर एक घाँटी बनाएर केही महिना नाटकको पात्र बनाएर अन्तिममा भुँडीफोर चराको अवस्थामा पुर्‍यायो ।

अहिले नेताका गतिविधिले लाग्छ- यो व्यवस्थाको अन्त्यको पात्रो कोरिइसकेको छ । गणतन्त्रका रक्षक नै भक्षकको भूमिकामा उत्रिइसकेका छन् । दुई तिहाइ जनमतप्राप्त केपी ओलीको भोकले त्यसबेला भन्यो- सेना र पुलिसको सिपाहीसमेत उनको स्वीकृति बिनासरुवा, बढुवा नहोस् । संवैधानिक निकायका प्रमुख लिलिपुट बनुन्‚ तर त्यसको लगाम आफैँमा होस् । जनताको आड र भरोसाको घाँटी मानिने न्यायालयसमेत सरकारकै छाया बनुन् । १७ वर्षसम्म त्यहाँको मुखिया पहिलै तोकिए ।

तर सोचेको कहाँ हुन्थ्यो ? त्यही सेटिङले ओलीको सपनामा पानी मिल्काइदियो । २४ घण्टामा ओली सिंहदरबारबाट घरको बार्दलीका पाहुना भए । निर्वाचन आयोग, अख्तियार सिंहदरबारमा पानी पर्दा छाता लिएर ठिक्क पर्ने अवस्थामा लगेपनि योजना फेल भयो । राजदूतलाई नेताका करारी जागिरे बनाउने प्रयास भयो । मन्त्री त प्रधानमन्त्री इमानदार हुक्के, ढोके, चम्चेबाहेक अरुले नचिताए हुन्छ । विश्वविद्यालय भाग शान्ति जय नेपालको अखडा बनेको वर्षाैँ भइसक्यो । सङ्घीयता केन्द्र सरकारकै गतिविधिले धराशायी बन्दैछ । काम, कर्तव्य र अधिकारबाट वञ्चित राखिएको त्यो शक्तिलाई पैसा खर्च गरेर ब्रह्मलुट मच्चाउने छुट भने दिइएको छ । यसो हुनु भनेकै व्यवस्था छिट्टै बदनाम भएर सकिनु हो । केही समयपछि अख्तियार ब्युँझाइनेछ । त्यसबेला जनताका यी कथित भाग्य विधाता धोती न टोपी भएर कलङ्कित जीवन जिउन बाध्य हुनेछन् ।

अहिले नेताका गतिविधिले लाग्छ- यो व्यवस्थाको अन्त्यको पात्रो कोरिइसकेको छ । गणतन्त्रका रक्षक नै भक्षकको भूमिकामा उत्रिइसकेका छन् । दुई तिहाइ जनमतप्राप्त केपी ओलीको भोकले त्यसबेला भन्यो- सेना र पुलिसको सिपाहीसमेत उनको स्वीकृति बिनासरुवा, बढुवा नहोस् ।

अर्कातिर राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय सतर्कता केन्द्रजस्ता निकाय प्रधानमन्त्रीको छातामुनि ल्याउनुको स्वार्थ राष्ट्र हितमा नभएर आफ्नो स्वार्थ अनुकूल नचल्नेलाई प्रतिशोध लिन हो भनेर बुझियो भने अन्याय हुन्न । नियत सफा हुने हो भने प्रधानमन्त्री त्यस्तो गहन पद हो, जसको वाणी नै निर्देशन हो । उसले लगाउने चस्माको पावर देशको सामर्थ्य हो । हिँडाइको गति विकासको चाल हो । कागजमा गर्ने हस्ताक्षर जनताको नासो हो । उसले गर्ने भाषणको कपी देशको लालमोहर हो ।

विडम्बना त्यो गहन भूमिका पाएका शीर्ष नेताहरू सिंहदरबारका पेटी ठेकेदारमा अनुवाद भएका छन् । यिनै ठेकेदारहरूले स्थानीय निकायको चुनावपछि सिंहदरबार गाउँ पुगेको भन्दै दिनरात नगरा बजाइरहे । नेताहरूको दिव्यवाणीले प्रशिक्षित जनप्रतिनिधिको बर्दी भिरेका कार्यकर्ताहरू अहिले सिंहदरबारको मुखिया भएको भ्रममा छोइ नसक्नुको हैसियतमा पुगेका छन् । गाउँ, नगरका नाममा करोडौँ रुपैयाँ जम्मा भएपछि ल्यापटपदेखि गाडी, सडक खन्ने मेसिनका दलालहरू कमिसनको प्याकेज लिएर गाउँ गाउँ पुगेका छन् ।

ढुकुटी खर्च गर्न उनीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । राजस्व उठाउनेभन्दा खाजस्व बढाउने प्रतिस्पर्धा तीव्र छ ।  तर सत्यचाहिँ के हो भने‚ यदि राजनीति पनि लोकसेवा पास गरेर आउनुपर्ने भएको भए निश्चित छ- अहिलेका अधिकांश नेताहरू खसी बेच्ने हुन्थे । शंकै छ– एउटा खसी पनि मोल मिलाएर दिने हुत्ति तिनीहरूमा हुन्थ्यो या हुँदैनथ्यो । मान्छे मरेपछि कहाँ जान्छ ? स्वर्ग र नर्क हुन्छ कि हुँदैन ? यी सबै तर्क र बहसका विषय हुन् । तर न्याय र विवेकको आँखा विशुद्ध भइदिने हो भने मानिसका लागि स्वर्ग र नर्क यही धर्तीमा छ ।

प्रहरी गेस्ट हाउसमा पाहुना भइसकेका जेपी गुप्ता, चिरञ्जीवी वाग्ले र चूडामणि शर्माहरूलाई त्यसबेला लाग्थ्यो‚ ‘म नै राज्य हुँ ।’ यदि त्यसो नभइदिएको भए किताब बेचेको आम्दानी करोडौँ लेख्दैनथे होला । नेताहरूलाई दिनैपिच्छे स्वादिष्ट रसपान र भीआईपी गाडी उपलब्ध गराउने मथुरा मास्केहरूलाई पनि लाग्थ्यो होला‚ ‘नेता चलाउने भएपछि मलाई कसले छुने ?’

राष्ट्रियता गीतमा नभई भावमा प्रकट हुनुपर्छ । स्वर्ग/नर्क छुट्याउने युगमा सत्यको पर्याय मानिने युधिष्ठिरले त आफ्नो स्वधर्म बचाउन नसकेको अवस्थामा राजनीतिको खोल ओढेका डेढ अक्कलीहरुबाट त्यो अपेक्षा गर्नु जस्तो नालायकी अरु केही हुन सक्दैन ।

शंकै छ– एउटा खसी पनि मोल मिलाएर दिने हुत्ति तिनीहरूमा हुन्थ्यो या हुँदैनथ्यो । मान्छे मरेपछि कहाँ जान्छ ? स्वर्ग र नर्क हुन्छ कि हुँदैन ? यी सबै तर्क र बहसका विषय हुन् । तर न्याय र विवेकको आँखा विशुद्ध भइदिने हो भने मानिसका लागि स्वर्ग र नर्क यही धर्तीमा छ ।

सिंहदरबार पस्दा जनयुद्धको राप अङ्गाल्नेहरू निस्कँदा धनयुद्धका डन भएर निस्किए । खाए मकै, नखाए भोकैको धरातलबाट आएका दौरा सुरुवालधारीहरू पिज्जा र बर्गरका सोखी देखिए । भातको ठाउँ भुजाले लियो । खाजा र भात खाने समय बद्लिएर लन्च र डिनरमा प्रवेश गर्‍यो । पहिला दौरा सुरुवाल प्रतिष्ठाका लागि लगाइन्थ्यो । अहिले अभिनयका लागि लगाइन्छ । जे जति बिग्रिएको, भत्किएको छ‚ ठोकेर भने हुन्छ– तिनै दौरा सुरुवाल लगाउनेहरूले कुठाउँमा हस्ताक्षर खेर फाल्दा मुलुक न गरी खाने, न मरी जाने अवस्थामा पुगेको हो ।

सन्तानलाई डाक्टर, इन्जिनियर बनाउने लोभमा आफ्नो पदीय मर्यादा खरानी बनाउन तम्सिने बर्दीधारीहरूको संख्या गन्ने हो भने क्याल्कुलेटरको डिजिटले पनि भ्याउँदैन । पदीय मर्यादाभन्दा एजेन्ट हुनुको गौरवमा उनीहरू गर्व गर्छन् । देश बनाउने एजेण्डा लिएर एउटा चरो, मुसो सिंहदरबार पस्दैन । यस्तो भिजन भएकालाई सिंहदरबारले मान्छे नै गन्दैन । चिल्लो गाडी, दामी सुट, शितलु चस्मा, औँलाभरि चटकेको जस्तो औँठी र मगमगाउने अत्तर छर्किएर सिंहदरबार नै हरर बनाएर जानेहरू रेड कार्पेटका हकधार हुने गरेका छन् । शासन‚संयन्त्र यिनीहरूका अगाडि लम्पसार पर्छ ।

गाडी, राम्रो लुगा र महंगो सेन्ट लगाउनेलाई प्रहरीले पास खोज्दैन । यस्तासँग मन्त्रीको हिसाबकिताब मेल खान्छ । उनीहरूको एउटै एजेन्डा सकेसम्म राजस्व छल्ने‚ नसके अंग्रेजी र प्राविधिक अक्षर घोलेर राजस्व मिनाहाका लागि घुर्क्याउने । एनआरएन, उद्योगी, लगानीकर्ता र निजी क्षेत्रको खोल ओढेर आउने यस्ता नटवरलालहरू सिंहदरबारमा यत्रतत्र, सर्वत्र छरिएका छन् । अझ अचम्म त के छ भने‚ चिताउँदै नचिताएको सभ्य मानिस यस्ता मानिसको गाइड भएर हिँडेको हुन्छ ।

चुनाव जितेका कुनै जनप्रतिनिधिले भोट दिने र पाउनेका सन्तान एउटै स्कुलमा पढ्न पाउने अवसर दिलाउँछु भनेर उद्घोष गर्न सकेनन् । शिक्षा र स्वास्थ्य अधिकारको रूपमा स्थापित हुन सक्दैन भने बाँकी बाद र आदर्श दिन कट्नीमात्र हो ।

यस्ता नटवरलालहरूको पृष्ठभूमि खोतल्ने हो भने मानिसले लगाएको टाईमा समेत बैंकको ऋण झुण्डिएको हुन्छ । जनताको कल्याण गर्न ल्याएको लोकतान्त्रिक गणतन्त्रले चौधरी, गोल्छा, खेतानहरूलाई राजनीतिको चुलो चौकोसम्म पुर्‍यायो । खुला र उदार अर्थतन्त्रका नाममा छोडिएको अनियन्त्रित साँढेले एउटै मानिसलाई हिङदेखि हर्दीसम्मको मालिक बनायो । मदिरा उत्पादक, बैंकर्स, चाउचाउदेखि सभासद्सम्मको खास्टो एउटैलाई ओढाइयो । जसले नीतिगत भ्रष्टाचारलाई थप मलजल पुर्‍यायो ।

अर्काथरि दलाल छन्‚ जसले पशुपतिको चन्दनदेखि तिरुपतिको लकेटसम्मलाई शक्तिकेन्द्र पस्ने बाटो बनाउने गरेका छन् । यस्तो अवस्थामा शक्तिमा रहनेले आफू भलो भएर मात्र पुग्दैन, आफ्ना वरिपरिका मानिसको नियतमाथि दृष्टिगोचर गर्ने क्षमता राख्नुपर्छ ।  नेताहरूले आफ्ना सन्ततिलाई युरोप, अमेरिका पठाए । आइफोन र फेसबुक संस्कृतिमा हुर्काए । गाडी लिएर वर्षौँदेखि आफूले भोट पाएको ठाउँमा धुलो उडाउँदै पुगे । तर जनताको छोरालाई त्यही वातावरण दिनुपर्छ भन्ने हेक्का राखेनन् । ठूलाबडा चढेको गाडीको धुलो खानु मतदाताको नित्यकर्म बन्यो ।

मतदातालाई गाडी चढ्ने हैसियत बनाउने मार्गचित्र कसैले कोरेनन् । चुनाव जितेका कुनै जनप्रतिनिधिले भोट दिने र पाउनेका सन्तान एउटै स्कुलमा पढ्न पाउने अवसर दिलाउँछु भनेर उद्घोष गर्न सकेनन् । शिक्षा र स्वास्थ्य अधिकारको रूपमा स्थापित हुन सक्दैन भने बाँकी बाद र आदर्श दिन कट्नीमात्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *