बैंक अफ काठमाण्डूका कार्डवाहकलाई दराजको दशैँ धमाकामा विशेष छुट

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकले दराजको दशैँ धमाका योजनामा २० प्रतिशतसम्म छुट हुने भएको छ ।

नेपालीहरूको महान चाड दशैँलाई लक्षित गरी दराजले १० गतेबाट सञ्चालनमा ल्याएको दशैँ धमाका योजनामा बैंकको कार्डवाहकलाई आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशत सम्मको छुटको सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको कार्डवाहकले यस योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत् प्री-पेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम २ हजारसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम २ हजार ५ सम्म छुट पाउनेछन् ।

दशैँ धमाका योजनामा बैंकको कार्डवाहकले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्मको छुटसहित विभिन्न किसिमका राष्ट्रिय र अन्तरराष्ट्रिय ब्रान्डका सामानहरू खरिद गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =