अदालतले चूडामणि शर्मासँग माग्यो ५० लाख धरौटी

काठमाडौँ । विशेष अदालतले भ्रष्टाचारका आरोपित आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासँग ५० लाख रूपैयाँ धरौटी मागेको छ । सोमबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले यस्तो फैसला गरेको हो ।

थुनछेकका लागि विशेष अदालतमा उपस्थित भएका शर्मालाई ५० लाख रुपैयाँ धराैटी मागिएको हो । धरौटी बुझाउन नसकेमा उनी पुर्पक्षका लागि थुनामा जानेछन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरुद्ध  एक अर्ब ३३ लाख रुपैयाँ बिगो दाबी गर्दै गत असार ९ गते विशेषमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twenty =