केएफएले ल्यायो ९ पिलरसहितको बिसीएसआईटी

काठमाडौँ । मध्यबानेश्वरस्थित केएफए बिजनेस स्कूलले, होटेल एम्बेसेडरमा एक समारोह आयोजना गरी ‘बीसीएस आईटी’ नामक नयाँ कार्यक्रम घोषणा गरेको छ ।

‘भिजन बियोन्ड द बक्स’ भन्ने नारालाई आत्मसात् गर्दै शिक्षा, तालिम र परामर्शमा आफूलाई अब्बल सावित गरेको केएफएले शैक्षिक क्षेत्रअन्तर्गत एमबीए प्लस र बीएचएम कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यस संस्थाले लिंकन विश्वविद्यालयअन्तर्गत ९ स्तम्भसहितको नयाँ बीसीएसआईटी कार्यक्रम नेपालमै पहिलो पटक ल्याएको बताएको छ ।

विभिन्न आईटी वा कोर्पोरेट कम्पनीहरूसँगको समन्वयमा तालिमको अवसर, कार्यक्रमलाई प्रभावकारी बनाउन भर्चुअल ल्याबको व्यवस्था, विषयगत र व्यवहारिक ज्ञानका लागि एकै पटक दुई प्राध्यापकको नीति , विद्यार्थीहरूलाई सर्टीफाईड आई टी तालिम, व्यवस्थापनसम्बन्धी विभिन्न क्र्यास कोर्सलगायत सञ्चालन गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *