मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।

सोमबार (आज) बिहान पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा बसेको स्थायी कमिटीको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिन पहल गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

बैठकमा सरकारको पूर्णताको लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलपल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *