गिरी र सुवेदीलाई ‘पत्रकारिता पुरस्कार-२०२०’

काठमाडौँ । नेपालको शान, सङ्गीतको पहिचान भन्ने मूल नारालाई आत्मसात् गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड-२०२१ आयोजना हुने भएको छ । तुलसी मिडियाको आयोजनामा हुन लागेको सो अवार्ड कार्यक्रम असोज १८ गते काठमाडौँको चन्द्रागिरिमा हुने भएको हो ।

तुलसी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले असोज १८ गते भव्य समारोहबिच म्युजिक अवार्ड आयोजना हुने बताए । अवार्ड समारोहमा नगद राशिसहित दुई पत्रकार सम्मानित हुने भएका छन् । लामो समय यता रङ्ग पत्रकारितामा कलम चलाउँदै आएका पत्रकार लक्ष्मण सुवेदी र कुबेर गिरीलाई ‘पत्रकारिता सम्मान-२०२०’ बाट सम्मानित गरिने आयोजक पक्षले जनाएको छ ।

अवार्डको ३६ वटा विधाको उत्कृष्ट पाँच मनोनयन लकडाउन अघि नै सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 20 =