आत्महत्या गर्छु भन्दै महिला झोलुङ्गे पुलको खम्बामा चढेपछि…

धनगढी । आत्महत्या गर्छु भन्दै महाकाली नदीको झोलुङ्गे पुलको खम्बामा चढेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।

आइतबार दिउँसो महाकाली पुलको पूर्वतिरको तेस्रो अग्लो ‘पिलर’को टुप्पोमा चढेकी थिइन् । प्रहरीका अनुसार उनले मोबाइलमा आफन्तसँग पुलबाट हाम फालेर आत्महत्या गर्ने भन्दै धम्की दिइरहेकी थिइन् ।

आफन्तहरू आएपछि उनलाई फकाएर तल झारेको असई प्रतापबहादुर थापा मगरले जानकारी दिए ।

उनले महिलाको मानसिक अवस्था ठिक नभएको पाइएको बताए । महिलाले पिलरबाट झारेपछि टिकटक बनाउन माथि उक्लेकी हुँ भनेको असई थापामगरले बताए । उनका अनुसार तल झरेपछि पनि उनी फेरि पनि उक्लन खोजेकी थिइन् ।

प्रहरीले ती महिलालाई दोधारा चाँदनी नगरपालिका- ६ का वडाध्यक्ष दिलबहादुर सिंजालीको रोहबरमा आफन्तको जिम्मा लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nine =